हमासको भिडिओमा मृतक इजरेली बन्धकहरू देखिएको दाबी

३ महिना अगाडि

हमासले एउटा नयाँ भिडिओ सार्वजनिक गर्दै त्यसमा दुईजना इजरेली बन्धकहरूको शव देखिने दाबी गरेको छ। उक्त समूहले गाजामा इजरेलले गरेको हवाई हमलाका कारण ती बन्धकहरूको मृत्यु भएको पनि दाबी गरेको छ।

हमासले ती बन्धकहरू जीवितै रहेको देखिने अर्को भिडिओ सार्वजनिक गर्दै इजरेलले हवाई बम हमला जारी राखे बन्धकहरू पनि मारिन सक्ने भनी चेतावनी दिएको एक दिनपछि नै यो नयाँ भिडिओ बाहिर आएको छ।

इजरेलले हमासको नियन्त्रणमा रहेका ती बन्धकहरूको मृत्यु आफूले गरेको हवाई हमलामा भएको भन्ने आरोपको खण्डन गरेको छ। इजरेलका रक्षामन्त्रीले ती ुउग्रवादीुहरूलाई “मनोवैज्ञानिक दुर्व्यवहार”को आरोप पनि लगाएका छन्।

उनले बन्धकहरूको मुक्तिका लागि सैनिक दबाव आवश्यक रहेकोमा पनि जोड दिए। सोमबार सार्वजनिक गरिएको भिडिओमा नोआ आर्गामानी नाम भएकी एक महिलाले चरम दबावमा परेको अवस्थामा बोल्दै गरेको देख्न सकिन्छ। भिडिओमा उनी आफूसँगै बन्धक बनाइएका दुईजना पुरुषहरू मारिएका बताउँछिन्।

इजरेली सेनाले गाजामा फेला पारेको हमासको सबैभन्दा ठूलो सुरुङमा के छ
इजरेल(गाजा युद्ध ः शान्तिको मूल्य के हो ?
उनी इजरेल डिफेन्स फोर्सेस्ुलाई सङ्केत गर्दै ३८ वर्षीय इटाई स्भिर्स्की नामका पुरुष सहित दुईजना “हाम्रो आफ्नै आइडीएफको हमलामा मारिएका” बताउँछिन्।

उक्त भिडिओमा बोल्दै उनी इजरेली हवाई हमलाहरूपछि आफूहरू भग्नावशेषमा पुरिएको र हमास लडाकुहरूले “उनको ज्यान जोगाउन सफल भएको” बताउँछिन्। उक्त भिडिओ कहिले रेकर्ड गरिएको थियो भन्ने स्पष्ट छैन।

इजरेलको खण्डन
त्यसको जबाफमा आइडीएफका प्रवक्ता ड्यानिअल हागारीले ती बन्धकहरू इजरेली सैन्य हमलाबाट नमारिएका बताएका छन्। “यो हमासको झुठ हो,” उनले एक वक्तव्यमा भनेका छन्। “तिनीहरूलाई राखिएको भवन हाम्रो निसाना थिएन।”

उक्त भिडिओमा उल्लेख भएका आर्गामानी, स्भिर्स्की र तेस्रा बन्धक गत वर्षको ७ अक्टोबरमा दक्षिणी इजरेलमा भएको हमासको हमलापछि उग्रवादीहरूले बन्धक बनाएर लगेका २४० जनामध्येका हुन्।

bbc1

उक्त हमलामा १,३०० जना मारिएका थिए जसमा धेरैजसो गैरसैनिक सर्वसाधारणहरू थिए। गाजामा अझै १३२ जनालाई बन्धक बनाएर राखिएको छ।

उक्त हमलापछि इजरेलले गाजामा गरेको चर्को बमहमलामा हालसम्म २४ हजार जनाभन्दा बढी मारिएका हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्यालेस्टिनी अधिकारीहरूका अनुसार गाजाको ८५ प्रतिशत जनसङ्ख्या विस्थापित भइसकेको छ। गाजामा थप राहत सामग्रीहरू प्रवेश गर्दै गर्दा संयुक्त राष्ट्रसङ्घीय मानवीय उद्धार प्रमुखले त्यहाँको अवस्था “असह्य” रहेको बताएका छन्।
बिबिसीबाट
 

३ महिना अगाडि

प्रतिक्रिया