यति ब्रुअरीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

मंगलबार, ०२ माघ २०८०, १६ : २८

काठमाडौँ - यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण सेयर निष्कासन गर्ने भएको छ । त्यसका लागि एनआइएमबि एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । 

 उक्त शेयर निष्कासन सम्बन्धी सम्झौता पत्रमा यति ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सञ्जीव सर्राफ र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । 

 उक्त सम्झौता अन्तर्गत एनआइएमबि एस क्यापिटल लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत यति ब्रुअरी लिमिटेडको साधारण सेयरहरू सार्वजनिक निष्कासन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरूमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गर्ने जनाइएको छ । 

मंगलबार, ०२ माघ २०८०, १६ : २८

प्रतिक्रिया