इमर्जिङ्ग नेपालको नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा

बुधबार, ०३ माघ २०८०, ०७ : ३६

काठमाडौँ - इमर्जिङ्ग नेपाल लिमिटेडले सेयरधनीलाई ८.४२१०५ प्रतिशत नगद लाभांश वितरण गरेको छ। कम्पनीले गत मंसिर १५ गते सम्पन्न ८ औँ वार्षिक साधारण सभाबाट ८.४२१०५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। 

 कम्पनीले मंसिर ५ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका  र भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ। 

बुधबार, ०३ माघ २०८०, ०७ : ३६

प्रतिक्रिया