काठमाडौं- आज (बुधबार) सेयर बजारमा गिरावट आएर बजार २१६३ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३०० कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजारको कारोबार भएको छ । यो कारोबार रकम भने २९ महिना यताकै सबैभन्दा धेरै हो । यसअघि २०७८ भदौ २० गते ११ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको थियो । यस्तै, सोही वर्ष भदौ २१ गते ९ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसआधारमा बुधबार २९ महिनायताकै धेरै कारोबार रकमको रेकर्ड बनेको छ । बजारमा गिरावट आउँदा ४ वटा उपसूचकमा मात्र हरियाली छाएको छ ।
सेयर सर्किट लागेका कम्पनीहरु
आज सेयर बजारमा गिरावट आउँदा ग्लोबल आइएमई लघुवित्त, नेपाल वेरहाउजिङ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, गरिमा डिबेञ्चरको ९.८९ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ६।६७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
नकारात्मक सर्किट लागेका कम्पनीहरु
आज इस्टर्न हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट र मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, डोल्टी पावर कम्पनीको ८.६५ प्रतिशत, राप्ती हाइ«डो एण्ड जनरलको ८.३३ प्रतिशतले सेयर मूल्य घटेको छ । , इन्ग्वा हाइड्रोपावर, माया खोला हाइड्रोपावर, माई खोला हाइड्रोपावर, बाराही हाइड्रोपावर र अपर स्याङ्गे हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ ।
सर्वाधिक कारेबार गर्ने कम्पनीहरु
आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ६५ करोड ८४ लाख ९० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको ३३ करोड १६ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन सोनापुर मिनरल्सको २९ करोड ८२ लाख १० हजार रुपैयाँ, मुक्तिनाथ कृषि कम्पनीको २४ करोड ५० लाख २७ हजार रुपैयाँ र निफ्राको २३ करोड ८९ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया