आईपीओ निष्कासन गर्दै कैलाश हेलिकप्टर

बुधबार, ०३ माघ २०८०, १६ : १०

काठमाडौं- कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्ने प्रयोजनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३५ करोड रुपैयाँको १० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरको ३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ । बुधबार आयोजित एक कार्यक्रममा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक प्रतापजङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बुधबार, ०३ माघ २०८०, १६ : १०

प्रतिक्रिया