आइपीओ निष्कासन गर्दै समा पेपर्स

विहीबार, ०४ माघ २०८०, १२ : ४७

काठमाडौँ - समा पेपर्स एन्ड पब्किकेसन लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । सोही प्रस्तावसहित कम्पनीले साधारण सभा बोलाएको हो ।

सभा माघ २२ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा छलफल गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

विहीबार, ०४ माघ २०८०, १२ : ४७

प्रतिक्रिया