काठमाडौँ - अरुण भ्याली हाइड्रोपावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ ।कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि माघ १५ गते बुक क्लोज गर्ने भएको हो । यसर्थ, माघ १४ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र अरुणको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ ।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हाल अरुणको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।
प्रतिक्रिया