धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

शुक्रबार, ०५ माघ २०८०, ०९ : ०५

काठमाडौँ- सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । 

बुधवार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।

तीन सदस्यीय सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला छन् ।

धितोपत्र सम्बन्धी ऐन २०६३ का अनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रयोजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सम्मिलत सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ । सिफारिस समितिले प्राप्त निवेदनबाट तीनजनाको नाम छनौटका लागि सिफारिस गर्नेछ । मन्त्रिपरिषद बैठकले सिफारिस गरिएका तीनजनाबाट एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ । 

 गत पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेश कुमार हमालको पदावधि समाप्त भएपछि धितोपत्र बोर्ड अध्यक्षविहीन छ ।

शुक्रबार, ०५ माघ २०८०, ०९ : ०५

प्रतिक्रिया