काठमाडौँ- नेपाल मार्केटिङ एसोसिएसन (एनएमए) ले आउँदो माघ १३ गते ‘एनएमए मार्केटिङ समिट २०२४’ गर्ने भएको छ । दरबारमार्गको होटल याक एन्ड यतीमा तय भएको शिखर सम्मेलनले उद्योगका अगुवाहरू, मार्केटिङ व्यवसायीहरू, र उदीयमान प्रचलनहरू अन्वेषण गर्न र ज्ञान आदान प्रदान गर्न उत्साहीहरूलाई जोड्ने प्रयास गर्ने एनएमएले जनाएको छ ।
समिटमा सहभागीहरूलाई उद्योग प्रवृत्ति र समान विचारधारा भएका व्यक्तिहरूसँग सञ्जालमा रहनका लागि अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
समिटमा नेपाली ब्राण्डका चुनौती र अवसरका बारेमा छलफल, ब्राण्ड यात्रा, सान्दर्भिक केस स्टडी र मार्केटिङको भविष्यका बारेम ४ वटा सत्रमा छलफल हुनेछन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरू छलफलमा सहभागी हुनेछन् ।
प्रतिक्रिया