हिट हुन जोखिमपूर्ण चुम्बन गर्दै ‘पागल प्रेमी’

४ बर्ष अगाडि

सामाजिक संजालमा चर्चा पाउन मानिसले के सम्म गर्दैन र ! बरु ज्यान जस्तोसुकै जोखिममा किन परोस् । यस्तै गरेका छन् ब्रसेल्सका एक जोडीले ।

उक्त जोडीले गरेको जोखिमपूर्ण “जंगली चुम्बन” गरेको फोटो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

उक्त जोडीले श्रीलंकामा गुडिरहेको रेलको ढोकामा झुन्डिएर चुम्बन गरेका छन् । जुन कुरा तपाई कल्पनासम्म पनि गर्न सक्नुहुन्न।

यो जोडी जीन र क्यामिले ब्रसेल्सका हुन् । आफ्नो नियमित कामलाई रोकेर विश्व भर्मणमा निस्किएका यो जोडीले सामाजिक संजालमा पोस्ट गर्दै आएका छन्।

यो जोडीको उक्त पोस्टलाई मानिसहरुले “खतरनाक” र “जीवन धम्की” हो भनि आलोचना पनि गरेका छन् । एजेन्सीको सहयोगमा

 

४ बर्ष अगाडि

प्रतिक्रिया