यस्ता पुरुषको पछाडि लाग्छ महिलाको ताँती

४ बर्ष अगाडि

यदि तपाईंमध्ये कोही पुरुष हुनुहुन्छ भने यहाँ उल्लेखित पुरुषहरुको गुणलाई याद गर्नुहोस् । यस्ता पुरुषहरुको पछाडि महिलाहरु निकै पछि लाग्ने गर्दछन् ।
१. बुद्धिमान्ः
प्रायः महिलाहरु बुद्धिमान् पुरुषहरुप्रति निकै आकर्षित हुने गर्दछन् किनभने यस्ता मानिसहरुसँग सबै प्रश्नहरुको उत्तर हुने गरेको महिलाहरु विश्वास गर्छन् । यस्ता पुरुषहरुबाट सकारात्मक टिप्पणीहरु पाउने भएका कारण पनि महिलाहरु यस्ता पुरुषहरुलाई मन पराउने गर्दछन् । यसका साथसाथै बुद्धिमान् पुरुषहरु आफ्नो सम्बन्धलाई टिकाइराख्न बुद्धिमताले निकै ठूलो भूमिका खेल्ने कुरा थाहा भएको हुन्छ र उनीहरु आफ्नो यहि गुणले महिलाको मन जित्ने गर्दछन् ।
२. निकै आत्मविश्वासीः
जो पुरुषहरु आत्मविश्वासी हुन्छन्, उनीहरु थुप्रै मानिसहरुबिच आफ्नो भिन्न छाप छोड्न सफल हुने गर्दछन् । सम्बन्धमा भइसकेपछि उनीहरु अर्को पुरुषमाथि रिस गर्दैनन् र आफ्नी प्रेमिका अथाव श्रीमतीमाथि कहिले पनि शंका गर्दैनन् । उनीहरु सदैव सकारात्मक सोच राख्ने गर्दछन् ।
३. कलात्मक व्यक्तिः
कलात्मक व्यक्ति निकै सजिला हुने गर्दछन् र आफ्नो पल पल समय निकै खुसीसाथ व्यतित गर्ने गर्दछन् । यस्ता पुरुषहरु धेरैजसो आफ्नी महिलालाई खुसी राख्नका लागि कलात्मक ढङ्गले प्रस्तुत हुने गर्दछन् र उनलाई नै आफ्नो कलाको श्रोत मान्ने गर्दछन् । महिलाहरु यस्तो कलात्मक दिमागलाई सम्मान गर्ने गर्दछन् र उनीहरुसँग निकै सहज हुने गर्दछन् ।
४. विदेशी तत्वः
जो व्यक्तिहरु बाहिरी संसारसँग आबद्ध छन् र उनीहरुको भाषा वा शैली भिन्न हुन्छ त्यस्ता पुरुषहरुमाथि महिला आकर्षित हुने गर्दछन् । यस्ता व्यक्तिहरुको व्यवहार निकै भिन्न हुने गर्दछ र उनीहरु निकै हँसिला पनि हुन्छन् ।
५. विचारशील पुरुषः
जो आफ्नी महिलाको लागि कारको ढोका खोल्छन्, उनीहरुका लागि कुर्सीलाई अगाडि सारिदिन्छन् र अफर गर्छन् । जो उनीसँग बाहिर गएको बेलामा बिल पहिला नै चुक्ता गर्छन् र सबै कामका लागि महिलालाई पहिले नै अफर गर्छन्, यस्ता पुरुषहरु विचारशील श्रेणीमा पर्ने गर्दछन् । यस्ता पुरुषहरुको महिलाहरु निकै प्रशंसा गर्ने गर्दछन् ।
६. रोमान्टिक पुरुषः
रोमान्टिक पुरुषहरु क्लासिक रोमान्समा बढि विश्वास गर्ने गर्दछन् र उनीहरु महिलाको लागि चक्लेट ल्याउने गर्दछन्, उनलाई फूल दिने गर्दछन्, उनीसँग क्यान्डल लाइट डिनर गर्न मन पराउँछन् । उनीहरु प्रत्येक दिन महिलालाई दिनमा कति पटक सम्झेको र उनको कस्ता कस्ता कुराहरु याद गरेको बताउने गर्दछन् ।
७. बिन्दास किसिमकोः
महिलाहरुलाई बिन्दास प्रकारको पुरुषहरु मन पराउने गर्दछन् । पुरुषहरु कुनै कुरामा तनावमा भइरहेको महिलाहरुलाई मनपर्दैन । यस्ता पुरुषहरु साहसिक हुने गर्दछन् र रमाइलो गर्न उनीहरुलाई मनपर्छ । यस्ता व्यक्तिहरुको गुणले महिलाहरु निकै प्रभावित हुने गर्दछन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया