आलम प्रकरणमा देउवाले कुरा फेरे

४ बर्ष अगाडि

काठमाडौं ।हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमको बचाउमा वक्तव्य दिएर आलोचित बनेका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस अनुसन्धानको विपक्षमा नउभिने स्पष्ट पारेका छन् । 
अघिल्लो दिन शुक्रबार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा कांग्रेस नेता आलम पक्राउ बारेमा बोल्दै वर्तमान सरकारले कांग्रेसका नेताहरूलाई खोजीखोजी झूटो मुद्दा लगाउन थालेको भन्दै विरोध गरेका थिए। उनले १२ वर्षअघिको मुद्दालाई लिएर आलममाथि सरकारले अहिले झूटो मुद्दा लगायो भन्दै यतिका वर्ष सरकार के हेरेर बसेको थियो भन्दै प्रश्न गरेका थिए । 

कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका निर्वाचित आफ्ना जनप्रतिनिधिलाई दिएको प्रशिक्षण कार्यक्रममा सभापति देउवाले आलमको बचाउमा अभिव्यक्ति दिएलगत्तै सभापति देउवाका साथै सिङ्गो कांग्रेसकै आलोचना भइरहेको छ।
जनस्तरबाट व्यापक आलोचना भएपछि सभापति देउवाले शनिबार सार्वजनिक वक्तव्य जारी गर्दै आफ्नो भनाइको आशय दोषीलाई निर्दोष भनेको नभई बाहिर सत्यतथ्य पत्ता लगाउने कुरामा जोड दिएको बताए । नेपाल समाचारपत्रमा खबर छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया