यमाहाका १९ मोटरसाइकल र स्कुटरको मूल्य बढ्याे

४ बर्ष अगाडि

यमाहा कम्पनीले नेपालमा मोटरसाइकल र स्कुटरको मूल्य बढाएको छ । 

कम्पनीले नेपालमा चलिरहेका विभिन्न मोडलका १९ भेरियन्टको मूल्य बढाएको हो ।

सबै मोडलको कम्तिमा पाँच हजार मूल्य बढाएको यमाहाले जनाएको छ ।  

सबैभन्दा सस्तो बाइकको रुपमा चिनिएको यामाहा सलुटो ड्रमको मूल्य बढेर २ लाख ३ हजार ९ सय पुगेको छ ।

कम्पनीले बिक्री गर्दै आएको रे–जेड, फेसिनो युबीएस, जेड आर स्ट्रिट, जेड आर डिस्क र स्ट्रिट र्याली स्कुटरको मूल्य पनि एकै पटक पाँच हजारले बढेको छ । 

आफ्ना मोटरसाइकलहरुमा गरेका सुरक्षा फिचर सिबीएस वा यूबीएसका कारण १२५ सीसीसम्मका मोटरसाइकलमा ५ हजारसम्मले महंगो भएको कम्पनीले जनाएको छ । 

पाँच नयाँ मोडलको मूल्य सार्वजनिक

चालु आर्थिक वर्ष २०७६/७७ मा नयाँ ५ मोडलका बाइक नेपाल भित्र्याएको कम्पनीले तिनीहरुको मूल्य पनि सार्वजनिक गरेको छ ।
 
नयाँ थपिएका भध्ये एफजेडएस एफआई भी थ्रीको ३ लाख १८ हजार ९ सय , एफजेड २५ डबल च्यानल एबीएसको ४ लाख २९ हजार ९ सय, मोटोजिपी डबल एबीएसको ४ लाख ३९ हजार ९ सय, एमटी १५ को ४ लाख २९ हजार ९ सय र आर १५ भी थ्री मोटोजिपीको ४ लाख ५९ हजार ९ सय मूल्य तोकेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया