साल्ट ट्रेडिङको नाफा २ करोडले बढ्यो

४ बर्ष अगाडि

साल्ट ट्रेडिङ कर्पोरेशनले चालु आवको पहिलो त्रैमासको प्रोभिजनल वित्तीय बिवरण सार्वजनीक गरेको छ  । 

बिवरण अनुसार कम्पनीले गत आवको समिक्षा अवधीको तुलानामा २ करोड ४० लाखले नाफा बढाएको देखिन्छ ।

गत आवको यसै अवधीमा २८ करोड १० लाख खुद नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधीमा ३० करोड ५० लाख बराबरको नाफा आर्जन गरेको छ । 

यो अवधीमा कम्पनीको बिक्री आम्दानी पनि ४८ करोड रुपैयाँले बढाएर २ अर्ब ३४ करोड पुगेको छ । समीक्षा अवधीमा कम्पनीको  कर्मचारी खर्च भने १.२० प्रतिशतले बढे्को देखिन्छ ।

गत आवको यसै अवधीमा ६ करोड ६९ लाख खर्च गरेको कम्पनीले समीक्षा अवधीमा ७ करोड ६९ लाख खर्च गरेको छ । 
 
यो अवधीमा कम्पनीको प्रतिशेयर आम्दानीमा पनि बृद्धि आएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६.९२ ले बढेर ७.९५ पुगेको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया