दोब्बरले बढे ‘बैंकिङ अपराध’

४ बर्ष अगाडि

पछिल्ला वर्ष उपत्यकासहित बागमती प्रदेशका ११ जिल्लामा ‘बैंकिङ कसुर’सम्बन्धी अपराध दोब्बरले वृद्धि भएका छन् । उच्च अदालत पाटनको वाणिज्य इजलासमा चालू आर्थिक वर्षको हालसम्म तीन हजार ९१ वटा मुद्दा छन् । तीमध्ये दुई हजार नौ सय ६७ मुद्दा बैंकिङ कसुरका मात्रै छन् । 

चालू आर्थिक वर्षको पुस मसान्तसम्म अर्थात् ६ महिनामा बैंकिङ कसुरमा मात्रै एक हजार आठ सय ४३ मुद्दा दर्ता भए । अदालत भन्छ, ‘अघिल्लो वर्षमा एक हजार आठ सय १९ मुद्दा दर्ता भएका थिए, यसवर्ष ६ महिनामै त्योभन्दा बढी अर्थात् एक हजार आठ सय ४३ मुद्दा दर्ता भइसके ।’आधाभन्दा बढी मुद्दा चेक बाउन्ससँग सम्बन्धित रहेको नयाँ पत्रिकामा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया