ओलीलाई भारत भारतबाट निम्ता

६ बर्ष अगाडि

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार साँझ टेलिफोन गरेर बधाई दिएका छन् ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारी अनुसार प्रधानमन्त्री मोदीले भावी प्रधानमन्त्रीका रुपमा हेरिएका केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तासमेत दिएका छन् । 

अधिकारीले भने, ‘ओलीलाई प्रधानमन्त्रीको रुपमा भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको भन्दै भारतीय प्रधानमन्त्रीले शुभकामना दिनुभएको थियो ।’ 

जवाफमा अध्यक्ष ओलीले पनि प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको अधिकारीले बताए । अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री मोदीले यसअघिको नेपाल भ्रमणमा यी तीर्थस्थल भ्रमणको इच्छा व्यक्त गरेका थिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया