६ घण्टाभित्र हारे ३५ अर्ब, पाँच श्रीमतीः जुवामा बर्बाद भए साउदी राजकुमार

५ बर्ष अगाडि

तपाईंले साउदी अरबका धनाढ्यबारे थुप्रै कहानी सुन्नुभएको होला । आजकाल इन्टरनेटमा साउदी अरबका राजकुमारसँग जोडिएको यस्तो कहानी भाइरल भइरहेको छ जुन निकै रोचक छ । यी राजकुमारले ६ घण्टाभित्र ३५० मिलियन डलर अर्थात् ३५ अर्ब बढि रकम हारेका छन् । खबर अनुसार जब उनीसँग जुवा खेल्न पैसा भएन तब उनले आफ्ना ५ श्रीमती दाउमा लगाइदिए ।

भाइरल भइरहेको छ यो कहानीः

साउदी अरबका यी राजकुमारको नाम प्रिन्स मजेद बिन अब्दुल्लाह अल सूद हो । योभन्दा पहिले यी राजकुमारको नाम थुप्रैपटक लागुऔषधसँग जोडिएको थियो । अहिले उनीसँग सम्बन्धित जुवाको यो नयाँ कहानी भाइरल भइरहेको छ ।

भाइरल भएका यी खबरमा क्यासिनोका मालिकको बयान पनि छापिएको छ जसअनुसार राजकुमारसाग पैसा नभएपछि उनले एकएक गरी आफ्ना पाँच श्रीमतीलाई दाउमा लगाएको र हारेका छन् ।

श्रीमती हारेपछि उनले क्यासिनो छोडेर गएको बताएका छन् ।

श्रीमतीको मूल्य २५ मिलियन डलर (२ अर्ब बढि) बताइएको छ । उनले आफ्ना ९ श्रीमतीमध्ये पाँचजनालाई दाउमा लगाएको बताइएको छ ।

झुटो बताइँदैछ यो खबरः

– यो खबरलाई थुप्रै वेबसाइटले प्रमुखताका साथ छापेका छन् । तर यस्ता थुप्रै वेबसाइट पनि छन् जसले यसलाई झुटो बताइरहेका छन् ।

खबरको वास्तविकता पस्किने वेबसाइट snopes.com  ले पनि यसलाई झुटो बताएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया