महिलाले मरिहत्ते गर्ने केहि रोचक कुराहरु !

५ बर्ष अगाडि

भनिन्छ महिलाहरुलाई बुझ्न गाह्रो छ तर, यदि एकअर्कामा राम्रो सम्बन्ध छ भने र पर्याप्त सम्बाद हुने हो भने न त महिला न पुरुषलाई बुझ्न गाह्रो हुन्छ । पुरुष साथीहरुकालागि यहाँ यस्ता कुराहरु दिइएका छन् जसमा महिलाहरु फिदा हुने गर्दछन्:

चस्माः
समय परिवर्तनशील छ र अहिलेको यो समयमा चस्मा लगाउने पुरुषहरु महिलालाई आकर्षित बनाउने गर्दछन् । चस्मा लगाउने पुरुषहरु बुद्धिमान देखिने भएका कारण महिलाहरु उनीहरुप्रति आकर्षित हुने गर्दछन् । यदि पुरुषहरु बुद्धिमान छन् भने उनीहरुे चाखलाग्दो सम्बाद गर्ने गर्दछन् फलस्वरुप परिपक्क देखिन्छन् ।

पसिनाः
पुरुषहरुमा आएको पसिनालाई महिलाले सेक्सीको संज्ञा दिने गरेका छन् । पसिनै पसिना भएको पुरुषप्रति महिलाहरु निकै आकर्षित हुने गर्दछन् ।
युनिभर्सिटी अफ क्यालिफोर्नीयाका अनुसन्धानकर्ताहरुका अनुसार पुरुषको पसिनामा हुने एन्ड्रोस्ट्याडिनोन नामक केमिकलले महिलाको हर्मन लेभल र सेक्सप्रतिको चाहना वृद्धि गर्ने बताएका छन् । तर, यसो भन्दैमा आफ्नो सबै बडी स्प्रे र अत्तर भने नफ्याक्नु होला ।

खैरो कपालः
अहिलेको समयमा धेरै पुरुषसाथीहरुले आफ्नो कपाल कालो बनाउन धेरै प्रयास गर्नुहुन्छ तर याद राख्नुहोस्, खैरो कपालमा पुरुषहरु हँसिलो, शिष्ट र परिपक्क देखिनुहुन्छ । म्याच डट कमले पत्ता लगाएको अनुसन्धान अनुसार ७२ प्रतिशत महिलाहरुले पुरुषको खैरो कपाल मनपर्ने बताएका छन् ।

घरको बोटबिरुवाः
बोटबिरुवाको रेखदेख गर्ने र आफ्नो वातावरणको हेरबिचार गर्ने पुरुषहरु महिलाहरुका लागि बढी यादगार हुन्छन् । एउटा बोटलाई राम्रोसँग बढ्नको लागि धैर्यवान्, मायालु र केयर गर्ने मानिसको आवश्यकता पर्छ । एक्सपर्टका अनुसार यदि तपाईंले हप्ताको ३० मिनेट मात्र आफ्नो बगैंचालाई हेरबिचार गर्नुभयो भने यसले तपाईंको स्वास्थ र सेक्स लाइफमा सकारात्मक असर पुर्याउँछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया