आईपीओ निष्कासन गर्दै नेपाल पेमेन्ट सोल्युशन, बिक्रि प्रबन्धकमा लक्ष्मी सनराइज

विहीबार, ११ माघ २०८०, १७ : ३४

काठमाडौँ - नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन कार्यका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  
 

उक्त सम्झौतापत्रमा नेपाल पेमेन्ट सोल्युशनडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोकराज शर्मा र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  कम्पनीले सर्वसाधारणका लागि प्रति सेयर १०० रूपैयाँ अंकित दरका ३ लाख ५ हजार ६०० कित्ता साधारण सेयर निष्काशनको तयारी गरेको हो ।  

नेपालपेमेन्ट सोल्युशन नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो।

विहीबार, ११ माघ २०८०, १७ : ३४

प्रतिक्रिया