आईपीओ जारी गर्दै बरुण इन्भेष्टमेन्ट

शुक्रबार, १२ माघ २०८०, १५ : ०३

काठमाडौँ - बरुण इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले २४ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न अनुमति मागेको हो । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

शुक्रबार, १२ माघ २०८०, १५ : ०३

प्रतिक्रिया