आइपीओ निष्काशन गर्दै मारुती सिमेन्ट्स

शुक्रबार, १२ माघ २०८०, १५ : ०७

काठमाडौँ - मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियममा आइपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी कुल १ करोड १६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको छ ।कम्पनीले प्रिमियमसहित प्रतिकित्ता २७७ रुपैयाँको दरले आइपीओ बिक्री गर्न अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । 

शुक्रबार, १२ माघ २०८०, १५ : ०७

प्रतिक्रिया