काठमाडौँ - साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । उक्त दिन बजार १०.३७ अंकले बढेर २०९४ को विन्दुमा कायम हुन पुगेको छ । यसअघि सेयर बजार लगातार ७ कारोबार दिन घटेको थियो ।आज नेप्सेमा कारोबार भएको ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा ९ वटा उपसूचकमा हरियाली छाएको छ । आज विकास बैंक समूहको १.२२ प्रतिशत, फाइनान्स समूहको ०.८२ प्रतिशतले सेयर मूल्य बढेको हो ।

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ३३ करोड ५३ लाख ४५ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको २३ करोड ५३ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड ३४ लाख ६४ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १४ करोड ३४ लाख ८ हजार रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको १३ करोड २७ लाख २९ हजार रुपैयाँको कारोबार भएको हो ।

आज सेयर बजारमा सुधार आउँदा मिडसोलु हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत र साम्लिङ पावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, हाथवे इन्भेष्ट नेपालको ८.७९ प्रतिशत, माउन्टेन हाइड्रोको ७.९७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया