काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४९७ रुपैंया ८४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार ५७७ रुपैंया ५० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।सोही मूल्यको आधारमा नै भोली बिहीबार सेयरबजारमा कारोबार खुल्नेछ ।
त्यस्तै,अरुण भ्याली हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको १०० प्रतिशत हकप्रद पछि १९० रुपैयाँ १० पैसामा मूल्य समायोजन गरेको हो ।नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २८० रुपैंया २० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोलीदेखि सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रतिक्रिया