एक कम्पनीको नगद लाभांश सेयरधनीको  खातामा

आइतबार, १४ माघ २०८०, १८ : १२

काठमाडौँ - बोटलर्स नेपाल (तराई) ले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा वितरण गरेको छ । कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई पुस २९ गते देखिनै नगद लाभांश जम्मा गर्न सुरु गरेको हो ।

कम्पनीको पुस २७ गते बसेको साधारण सभाले गत वर्षको नाफाबाट ६० प्रतिशत प्रतिसेयर ६० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तत्काल अपडेट गर्न पनि आग्रह गरेको छ ।

आइतबार, १४ माघ २०८०, १८ : १२

प्रतिक्रिया