आईपीओ निष्कासन गर्दै एक इन्स्योरेन्स कम्पनी

सोमबार, १५ माघ २०८०, १२ : २५

काठमाडौँ - गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको विशेष प्रस्तावसहित कम्पनीले फागुन ६ गते विराटनगरमा रहेको होटल एअरपोर्टमा दिउँसो १ बजे प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।सभामा आईपीओ निष्कासन गर्ने र सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी,अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । साथै २०८० असार मसान्तसम्मको वासलात,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिुका सार्थ सञ्चालक समितिको गठन तथा स्वतन्त्र विज्ञ सञ्चालनको निर्वाचनको प्रस्ताव समेत पारित गरिने एजेण्डा रहेको छ ।

 

सोमबार, १५ माघ २०८०, १२ : २५

प्रतिक्रिया