काठमाडौँ - साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । उक्त दिन बजार १०.२६ अंकले बढेर २१०४ को विन्दुमा कायम हुन पुगेको छ ।आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा १० वटा उपसूचकमा हरियाली छाएको छ ।उक्त दिन विकास बैंक समूहको ०.०७ प्रतिशत, फाइनान्स समूहको ०.४९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.११ प्रतिशतले सेयर मूल्य बढेको हो ।

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ६० करोड १६ लाख ७१ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको २३ करोड ८३ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै आज हाथवे इन्भेष्टमेन्टको १२ करोड ८७ लाख ६९ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ५ लाख ४८ हजार रुपैयाँ र नेपाल रिइन्स्योरेन्स कम्पनीको ९ करोड ९० लाख ३५ हजार रुपैयाँको कारोबार भएको हो ।

आज सेयर बजारमा सुधार आउँदा युनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिडसोलु हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, विन्ध्यावासिनी हाइड्रोपावरको ८.७० प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावरको ८.४३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज गरिमा डिबेन्चर, २०८५ को शेयरमूल्य नकारात्मक सर्किट लाएको छ । त्यस्तै, आज ज्योति विकास बैंक बोण्ड २०८७ को ७.४७ प्रतिशतले शेयर मूल्य घटेको छ । त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ३.७१ प्रतिशत, महुली लघुवित्तको ३.४६ प्रतिशत, लक्ष्मी उन्नती कोषको ३।४५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया