एक कम्पनीको २० लाख कित्ता सेयर बिक्रीमा

मंगलबार, १६ माघ २०८०, ०८ : ५२

काठमाडौँ- हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । 

यो सेयर खरिदका लागि विद्यमान संस्थापक, नेपाली नागरिक तथा अन्य संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।  

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य २८० तोकिएको छ । इच्छुक आवेदकले न्यूनतम मूल्यमा नघट्ने गरी आवेदन पेश गर्नुपर्नेछ । इच्छुक आवेदकले न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् ।  

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र कम्पनीको काठमाण्डौ थापागाँउमा रहेको कार्यालयमा आवेदन दिनुपर्नेछ । सेयर बाँडफाँड गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरुलाई दिइने र बाँकी रहेको अन्य आवेदकलाई प्रदान गरिने कम्पनीले जनाएको छ ।  

 

मंगलबार, १६ माघ २०८०, ०८ : ५२

प्रतिक्रिया