झिनो अंकले बढ्यो नेप्से

मंगलबार, १६ माघ २०८०, १५ : २१

काठमाडौँ - साताको तेस्रो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन बजार १४.८८ अंकले बढेर २११९ को विन्दुमा कायम हुन पुगेको छ । सेयर बजार निरन्तर तीनदेखि दिन उकालो यात्रामा लागेको होआज नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा ९ वटा उपसूचकमा हरियाली छाएको छ ।

उकालो यात्रामा सेयर बजार, ९ उपसूचकमा हरियाली छाउँदा कारोबार रकम बढ्यो

आज  सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ७५ करोड २७ लाख ८६ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको २२ करोड २० लाख ३३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै आज नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड ७८ लाख ४४ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १४ करोड ९७ लाख ९३ हजार रुपैयाँ र यूनाइटेड मोदी हाइड्रोपावरको १३ करोड ४९ लाख २३ हजार रुपैयाँको कारोबार भएको हो ।

आज सेयर बजारमा सुधार आउँदा चन्द्रगिरी हिल्स, समाज लघुवित्त र रावा इनर्जी डेभलपमेन्ट सेयरमा सकरात्मक सर्किट लाएको छ ।

मंगलबार, १६ माघ २०८०, १५ : २१

प्रतिक्रिया