एक कम्पनीको आईपीओ बाँडफाँड

बुधबार, १७ माघ २०८०, १० : २६

काठमाडौँ- वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ आज बिहान ९ बजे धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा बाँडफाँड भएको हो ।  

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागी गत पुस २५ गतेदेखि माघ १० गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँको २ लाख ६७ हजार कित्ता आईपीओको बिक्री आवेदन खुलाएको थियो ।  

उक्त आईपीओमा ३३ हजार ८२४ जना आवेदकबाट २१ लाख ३९ हजार २२० कित्ता खरिदका लागि आवेदन परेको थियो । कुल आवेदनमध्ये ३३ हजार ८१० योग्य आवेदकबाट ७७ करोड १७ लाख ८४ हजार ६५० रुपैयाँबराबरको २१ लाख ३८ हजार ५ सय कित्ताका लागी माग भएको छ ।  

१४ आवेदन भने अयोग्य अर्थात रद्द भएको ग्लोबल क्यापिटलले जनाएको छ ।    

५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । जसअनुसार २ लाख ६७ हजार  कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।  

बुधबार, १७ माघ २०८०, १० : २६

प्रतिक्रिया