आईपीओ निष्कासन गर्दै एक कम्पनी

विहीबार, १८ माघ २०८०, १२ : २२

काठमाडौँ - सिउरी न्यादी पावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । सोही प्रस्ताव सहित कम्पनीले फागुन ९ गते वार्षिक साधारण सभा बोलाएको हो ।सभा लिसारा पार्टी प्यालेस, नक्साल, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

विहीबार, १८ माघ २०८०, १२ : २२

प्रतिक्रिया