अन्नपूर्ण केबलकारले आइपीओ निष्कासन गर्दै

विहीबार, १८ माघ २०८०, १३ : २८

काठमाडौँ- अन्नपूर्ण केबलकार लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन ११ गते वार्षिक साधारण सभा बोलाएको छ । 

सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरामा दिउँसो २ बजेबाट सुरु हुनेछ । सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । 

विहीबार, १८ माघ २०८०, १३ : २८

प्रतिक्रिया