काठमाडौं- साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३०.९२ अंकले घटेर २०६७ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ५४ करोड १ लाख ८४ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको १४ करोड ९१ लाख ५० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको १४ करोड ४४ लाख २५ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्क्चरको ८ करोड ६० लाख ६१ हजार रुपैयाँ र अरुण काबेली पावरको ८ करोड ३३ लाख ९५ हजार रुपैयाँको कारोबार भएको हो ।
सर्वाधिक कमाउने कम्पनीहरु
आज सेयर बजारमा गिरावट आउँदा समाज लघुवित्तको सेयर मूल्य उच्च दरमा बढेको छ । कम्पनीको सेयर मूल्य ६.१० प्रतिशतले बढेको छ । । त्यसैगरी, रावा इनर्जी डेभलपमेन्टको ३.८३ प्रतिशत, सनराइज बैंक डिबेञ्चरको ३.५० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरको ३.१२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
सर्वाधिक गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १२ वटा उपसूचकमा राताम्मै भएको छ ।
सेयर बजारमा गिरावट आउँदा साम्लिङ पावर कम्पनीको सेयर मूल्य सर्वाधि घटेको छ । कम्पनीको सेयर मूल्य ९.४२ प्रतिशतले घटेको छ । त्यसैगरी, मिड सोलु हाइड्रपावरको ६.८८ प्रतिशत, मोलुङ हाइड्रोपावरको ६.४७ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ६.१४ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ५.८४ प्रतिशतले सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया