५.५० प्रतिशत बोनस सेयर र ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्दै एनएलजी इन्सुरेन्स

शुक्रबार, १९ माघ २०८०, ०७ : ३३

काठमाडौं । आगामी फागुन ३ गतेदेखि एनएलजी इन्सुरेन्सको  १८ औं वार्षिक साधारण सभा बस्ने भएको छ। 

सभा, आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने ईन्सुरेन्सको जानकारी छ। सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ। 

यस्तै, आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा समेत राखिएको छ । आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले बिहीबार माघ २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

 यसर्थ बुधबार माघ २४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।   
 

शुक्रबार, १९ माघ २०८०, ०७ : ३३

प्रतिक्रिया