काठमाडौंः सोनापुर मिनिरल्स एन्ड आयलको यही माघ २६ गते वार्षिक साधारण सभा बस्ने मिती तय भएको छ ।
सभामा प्रबन्धपत्र संशोधन गर्ने र कम्पनीको उद्देश्य थप गर्ने प्रस्ताव पेश हुनेछ। यस्तै, कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढीको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्नका अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुने कम्पनीले जनाएको छ।
साथै, सभामार्फत सर्वसाधारण सेयरधनी समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत समावेश गरिएको छ । सोनापुरले लाभांश प्रस्तावबिनै साधारण सभा बोलाएको छ । गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत अन्य विवरणहरुमा छलफल गरी पारित गर्ने एजेन्डा पनि राखिएको छ ।
साधारण सभा होटल माला इन घोराही–१५, दाङमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि यसले माघ १२ गते बुक क्लोज गरिसकेको छ । ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया