हकप्रद शेयर निष्काशन गर्दै दुई कम्पनी

आइतबार, २१ माघ २०८०, १२ : २७

काठमाडौँ - एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । संस्थाको माघ १९ गते बसेको सञ्चालक समिति बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र ०.४०७८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) घोषणा गरेको हो ।अब उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।साथै, इन्स्योरेन्सले चुक्तापूँजी ५ अर्ब पुर्याउन बोनस शेयर वितरणपश्चात १ बराबर ०.४२ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ । 

आइतबार, २१ माघ २०८०, १२ : २७

प्रतिक्रिया