काठमाडौँ - साताको पहिलो कारोबारको दिन नेप्सेमा गिरावट आएको छ । आज बजार ५.३१ अंकले घटेर २०६१ को विन्दुमा कायम हुन पुगेको छ ।आज नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख २७ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ९ वटा उपसूचकमा राताम्मै भएको छ ।
सेयर बजारमा गिरावट आउँदा महिला लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ५.३७ प्रतिशतले घटेको छ । त्यसैगरी, रावा इनर्जीको ५.१७ प्रतिशत, नेपाल वेयरहाउजिङको ३.७८ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ३.५० प्रतिशतले सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया