काठमाडौं- घलेम्दी हाइड्रो लिमिटेडले माघ १० गतेदेखि निष्काशन गरेको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमा आवेदन दिने आज माघ २३ गते अन्तिम दिन रहेको छ । उक्त सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। त्यसैगरी, लगानीकर्ताले न्यूनतम १०० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याका लागि कुनै हद तोकिएको छैन।
यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो ।ऋष्तथ भ्हउचभकक
सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
प्रतिक्रिया