एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

बुधबार, २४ माघ २०८०, ०८ : १०

काठमाडौं : एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ २४ गते बुधबार अन्तिम मौका रहेको छ । 

साधारण सभा प्रयोजनका लागि यसले माघ २५ गते बुक क्लोज गर्ने भएको छ। यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ। एनएलजीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ।

उक्त लाभांश पारित गर्न यस इन्सुरेन्सको वार्षिक साधारण सभा फागुन ३ गते बस्दैछ । सभा, आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

बुधबार, २४ माघ २०८०, ०८ : १०

प्रतिक्रिया