आईपीओ निष्कासन गर्दै अकामा होटल

बुधबार, २४ माघ २०८०, १० : ५०

काठमाडौँ- अकामा होटल लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २४ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।  

उक्त सभा धुम्बाराही काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११:३० बजे आयोजना हुनेछ ।  

उक्त विशेष सभामा कम्पनीको अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै कम्पनीको हाल कायम रहेको अंकित मूल्य रु.१०० को सेयर पूँजीलाई अंकित मूल्य रु।५० मा विभाजन गर्ने प्रस्ताव पारित गरिनुका साथै सर्वसाधारण सेयर जारी गर्ने (आईपीओ) प्रस्ताव समेत पारित गरिनेछ ।  

बुधबार, २४ माघ २०८०, १० : ५०

प्रतिक्रिया