सेयर बजारमा सामान्य बढोत्तरी

बुधबार, २४ माघ २०८०, १५ : ३३

काठमाडौं- साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य बढोत्तरी आएको छ । उक्त दिन बजार ४.९२ अंकले बढेर २०९० को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३१३ कम्पनीको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख ५० हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा ७ वटा उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहको ०.२६ प्रतिशत र विकास बैंक समूहको ०.३० प्रतिशतले बढेको हो ।

विस्तारै बढ्दै सेयर बजार

आज सर्वाधिक कारेबार गर्ने कम्पनीहरु 
आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको २४ करोड ८२ लाख ६८ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६२ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन ङादी ग्रुप पावरको ६ करोड ५९ लाख ३४ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको ६ करोड ११ लाख ९८ हजार रुपैयाँ र सोनापुर मिनरल्सको ५ करोड ८६ लाख ६५ हजार रुपैयाँको कारोबार भएको हो ।

सकरात्मक सर्किट लागेका कम्पनीहरु 
आज सेयर बजारमा सुधार आउँदा गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभुमी नेपाल हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, एसियन हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

बुधबार, २४ माघ २०८०, १५ : ३३

प्रतिक्रिया