छुट्ला है! सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

विहीबार, २५ माघ २०८०, ०८ : ०१

काठमाण्डौ। उद्योग प्रभावित स्थानीयका लागि सर्वोत्तम सिमेन्टले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ। 

कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीयका लागि आईपीओ जारी गरेको थियो। कम्पनीले उद्योग प्रभावित स्थानीयका लागि ९ लाख ३० हजार कित्तासेयर निष्कासन गरेको थियो

 कम्पनीले  खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ ,रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६ तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३ ,मायागढी गाउँपालिकाको वडा नं ७ र ८  र निस्वी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीयका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गरेको छ ।  

बुक बिल्डिंग विधिबाट निष्कासन गरिएको सेयरको मूल्य प्रतिकित्ता  ३६०.९० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।  

विहीबार, २५ माघ २०८०, ०८ : ०१

प्रतिक्रिया