काठमाडौं : एसियन लाइफ इन्सुरेन्स कम्पनीले लाभांश प्रस्ताव पारित गर्न फागुन १८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७९-८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
त्यसैगरी, बोनस सेयर वितरण पश्चात कायम हुने पुँजीमा ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ८ गते बुक क्लोज गर्ने भएको छ । फागुन ७ गते प्रजातन्त्र दिवस पर्ने भएकोले सो दिन सेयर बजार बन्द हुनेछ । त्यसैले, सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन फागुन ६ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।

प्रतिक्रिया