एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफामा उल्लेख्य वृद्धि

विहीबार, २५ माघ २०८०, ११ : १९

काठमाडौं- एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफामा उछाल आएएको छ । यसअवधिमा खुद नाफा १८८.०७ प्रतिशतले बढेर १ करोड ६३ लाख ५४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्ममा वित्तीय सम्पत्तीको फेयर भ्याल्यू ९१ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा वित्तीय सम्पत्तीको फेयर भ्याल्यू १ करोड ७४ लाख ४ हजार रुपैयाँ ऋणात्मक थियो ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७४ पैसाले बढेर २ रुपैयाँ ६७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५६ पैसा छ । पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँ छ ।

विहीबार, २५ माघ २०८०, ११ : १९

प्रतिक्रिया