काठमाडौँ - रुरु जलविद्युत परियोजना लिमिटेडले नगद लाभांश सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ।
कम्पनीले गत पुस २५ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाबाट पारित १०.५२६३ प्रतिशत नगद लाभांश(कर सहित) जम्मा गरेको हो । कम्पनीले पुस १६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जानकारी दिएको छ ।
भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आग्रह गरेको छ।
प्रतिक्रिया