काठमाडौं- साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य बढोत्तरी आएको छ । उक्त दिन बजार ५.७० अंकले बढेर २०९६ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा ९ वटा उपसूचकमा हरियाली छाएको छ ।

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ५९ लाख ४९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको चन्द्रगिरी हिल्सको ८ करोड ५९ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन अपी पावर कम्पनीको ७ करोड ३२ लाख ९५ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ६ करोड ९७ लाख १८ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चरको ५ करोड ९५ लाख ४९ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर सर्किट लागेका कम्पनीहरु
आज सेयर बजारमा सुधार आउँदा समाज लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, त्रिशूली जलविद्युतको ९.८४ प्रतिशत, मायाखोला हाइड्रोपावरको ७.७८ प्रतिशत, श्वेतगंगा हाइड्रोपावरको ७.४९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया