तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

शुक्रबार, २६ माघ २०८०, १२ : ३५

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शुक्रबार थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा हिमालयन डिस्टीलरीको १० प्रतिशत बोनस बापतको २४ लाख २९ हजार ५६६.६५ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।त्यसैगरी, स्वावलम्बन लघुवित्तको १२.३५९९ प्रतिशत बोनस बापतको १५ लाख ९५ हजार ४५ कित्ता बोनस सेयर सूचिकृत भएको हो । नेप्सेमा सांग्रिला डेभलपमेन्टबैंकको ५ प्रतिशत बोनस बापतको १६ लाख ३३ हजार ७९५.८६ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।सूचीकृतपश्चात् उक्त  कम्पनीहरुको

शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

 

शुक्रबार, २६ माघ २०८०, १२ : ३५

प्रतिक्रिया