हकप्रद सेयर निष्काशन गर्दै हिमालयन रि, फागुन २० गते साधारणसभा आह्वान

आइतबार, २८ माघ २०८०, ०९ : ५२

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ। सोही प्रस्तावसहित कम्पनीले फागुन २० गते, आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बोलाएको हो।

बिहान ११ बजे शुरु हुने सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेन्डा तयार गरेको छ।

त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञालक समितिलाई अख्तियारी दिने, संस्थापकसमूहको तर्फबाट रिक्त रहेको पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते बुकक्लोज गर्ने भएको छ। यसर्थ फागुन ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

आइतबार, २८ माघ २०८०, ०९ : ५२

प्रतिक्रिया