२० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउदैँ एक कम्पनी

आइतबार, २८ माघ २०८०, १० : ५६

काठमाडौँ- आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ । 
कम्पनीले आगामी फागुन ८ गतेदेखि बोलकबोलमार्फत नेपाल पुनर्बीमा कम्पनीको संस्थापक बिक्रीमा राख्न लागेको हो ।  

यो सेयर खरिदका लागि नेपाल पुनर्बीमा कम्पनीको विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।  

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य २८० तोकिएको छ । इच्छुक आवेदकले न्यूनतम मूल्यमा नघट्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।  

इच्छुक लगानीकर्ताले आगामी चैत १२ गतेभित्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालमा रहेको कार्यालयमा आवेदन दिनुपर्नेछ । 

आइतबार, २८ माघ २०८०, १० : ५६

प्रतिक्रिया