आईपीओ निष्कासन गर्दै दुई कम्पनी

सोमबार, २९ माघ २०८०, १४ : ३६

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन)मा दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । दुई कम्पनीले ८ लाख ३० हजार कित्ता आईपीओ निष्काशनको लागि अनुति माग्दै बोर्डमा आवेदन दिएको हुन् ।

सेबोनमा आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा कालिञ्चोक हाईड्रोपावर र स्वस्तिक लघुवित्त वित्तीय संस्था रहेका छन् ।

कालिञ्चोक हाईड्रोपावरले स्थानिय र आम सर्वसाधारणका लागि १०० रुपैंया अंकित दरका ७ करोड ५० लाख रुपैयाँबराबरको ७ लाख ५० हजार कित्ता र स्वस्तिक लघुवित्तले १०० रुपैंया अंकित दरका ८० लाख रुपैयाँको ८० हजार कित्ता आईपीओ निष्कासनको माग गरेका छन् ।

कालिञ्चोक हाईड्रोको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ र स्वस्तिक लघुवित्तको नविल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ ।

 वि।सं।२०८० माघ २९ सोमवार १४स्३४ मा प्रकाशित

सोमबार, २९ माघ २०८०, १४ : ३६

प्रतिक्रिया