सेयर बजारमा छायो रौनक, कारोबार रकम कति ?

सोमबार, २९ माघ २०८०, १५ : ३४

काठमाडौं- साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । उक्त दिन बजार १५.३३ अंकले बढेर २१०१ को विन्दुमा कायम हुन पुगेको छ । भोलि फागुन १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदर घटाउने निर्णय गरे पछि सेयर बजारमा सुधार देखिएको छ ।

आज नेप्सेमा कारोबार भएको ३्१४ कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा १२ उपसूचकमा हरियाली छाएको छ ।

बैंकहरुको ब्याजदर घट्दा सेयर बजारमा रौनकता, १२ उपसूचकमा हरियाली

आज सर्वाधिक कारेबार गर्ने कम्पनीहरु 
आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड २ लाख ४५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ३० लाख २५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन एनआइसी एशिया बैंकको १३ करोड ७७ लाख ४७ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सको १३ करोड ३७ लाख ३ हजार रुपैयाँ र सोनापुर मिनरल्सको १० करोड २७ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर सर्किट लागेका कम्पनीहरु 
आज सेयर बजारमा सुधार आउँदा बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर, बलेफी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

सोमबार, २९ माघ २०८०, १५ : ३४

प्रतिक्रिया